Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • देउवा सरकारद्वारा सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने निर्णय

    देउवा सरकारद्वारा सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, २९ असार २०७८
  • 1.6K
    SHARES

    काठमाडौं। नवनियुक्त प्रधानमन्त्री शेरवहादुर देउवाले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण गरेलगत्तै देउवाले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।

    पदभार ग्रहणलगत्तै सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने पहिलो निर्णय गरेको छ ।



    सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जतिसक्दो छिटो सबै नागरिकको पहुँचमा खोप पुर्याउने निर्णय गरेको हो।



    बैठकले सरकारको प्रवक्तामा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई चयन गरेको छ।

    मंगलबार बेलुका प्रधानमन्त्रीमा देउवासहित गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसालले शपथ लिएका  थिए।

    सर्बोच्च अदालतले सोमबार प्रतिनिधीसभा बिघटनलाई बदर गर्दै प्रधानमन्त्रीमा शेरवहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार