Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • देउवालाई सपथ गराएपछि राष्ट्रपतिले किन देखाइन यस्तो हर्कत ?

    देउवालाई सपथ गराएपछि राष्ट्रपतिले किन देखाइन यस्तो हर्कत ?

    अनलाइन नेपाल
  • मंगलबार, २९ असार २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेकै दिन राष्ट्रपति विद्यादेवी भण्डारीसँग ‘टसल’परेको छ।  राष्ट्रपति  भण्डारीले देउवालाई नियुक्ति गर्दा संविधानको धारा ७६(५) अनुसार गरिएको शब्द नै उल्लेख नगरेपछि उनको नियतमाथि शंका उब्जियो। सपथ खुवाउने कार्यक्रम नै साढे २ घन्टा बिलम्ब भयो । देउवाको नियुक्तिपत्रमा संविधानको धारा नै उल्लेख नगरेपछि सपथ नै नखान कानुन ब्यवसायीले सल्लाह दिए ।

    मुख्यसचिव शंकरदास बैरागीलाई नवनियुक्त प्रधानमन्त्री देउवाले नियुक्तिपत्रको भाषा नसच्याएसम्म सपथ नखाने अडान लिएपछि कर्मचारीको भाषणमा धारा ७६(५) उल्लेख भए पनि लिखतमा अझै सच्याइएको छैन । नियुक्तिपत्रमा धारा उल्लेख नगरी राष्ट्रपति भण्डारीले जुन विवाद सृजना गरिन्, यसले उनको नियत सफा नदेखिएको पुष्टी भएको छ । नियुक्तिपत्रमा धारा उल्लेख नगरी विवाद उत्पन्न गराउने काम राष्ट्रपति भण्डारीबाट भएकाले सपथमा बिलम्ब भयो ।



    सपथ खुवाइसकेपछि राष्ट्रपतिले नवनियुक्त प्रधानमन्त्रीलाई विभिन्न देशका राजदूत र अतिथिहरुसँग परिचय गराउने प्रचलन रहिआएको छ । यसअघि केपी ओलीलाई सपथ खुवाइसकेपछि भण्डारीले परिचय गराएकी थिइन् । तर देउवालाई सपथ खुवाउनासाथ राष्ट्रपति भण्डारी कार्यक्रमबाट हिंडेकी थिइन् । उनले नवनियुक्त प्रधानमन्त्रीलाई सपथ खुवाइसकेपछि देखाएको यस्तो कार्यले पदको गरिमालाई नै घटाउने काम गरेको टिप्पणी कार्यक्रममा सहभागीहरुले गरेका थिए ।



    प्रधानमन्त्रीको सपथग्रहण कार्यक्रममा बिशिष्ट अतिथिहरु उपस्थित भएका हुन्छन् । विदेशस्थित कूटनीतिक नियोगका प्रमुखहरु समेत हुन्छन् । राष्ट्रपतिले देउवालाई सपथ खुवाइसकेपछि जसरी हिंडिन् यसले पदीय गरिमाकै खिल्ली उडाइएको अर्थमा लिइइको छ । उनको बडील्याङ्वेजले पनि देउवालाई सपथ खुवाउनुपर्दा असहज महसुस भएको बताउँथ्यो । सपथलगत्तै उनी हिंडेपछि त झन् उनी देउवालाई प्रधानमन्त्री बनाउनुपर्दा खुसी नभएको कुरालाई झन् पुष्टी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार