Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कैलालीमा पाटे बाघको छालासहित दुई पक्राउ

धनगढी । कैलालीमा पाटे बाघको छालासहित दुई जना पक्राउ परेका छन्।

मोहन्याल गाउँपालिका वडा नम्बर ५ सालघारीका ५५ वर्षीय पूर्णबहादुर बुढा मगर र लम्कीचुहा नगरपालिका वडा नम्बर १ का लोकेश सिजापति पक्राउ परेका छन्।

गौरीगंगा नगरपालिका वडा नम्बर ७ मटकौनास्थित सिंहासन सामुदायिक वन क्षेत्रबाट उनीहरुलाई पाटेबाघको छालासहित पकाउ गरिएको हो।

सुदूरपश्चिम प्रदेश अनुसन्धान टोलीले मंगलबार दुवै जनालाई पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077