Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

कोटेश्वरमा प्रधानमन्त्री देउवा र माधव नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

बुधबार एमाले नेता नेपाललाई भेट्न प्रधानमन्त्री देउवा नेपालनिवास कोटेश्वर पुगेका हुन् । स्रोतका अनुसार भेटमा दुई नेताबीच नयाँ राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ।

सर्वोच्च अदालतको फैसलापछि मंगलबार प्रधानमन्त्री नियुक्त भएका देउवाले अबको एक महिनाभित्र संसद्‍बाट विश्वासको मत लिनुपर्ने छ । एमालेकै नेपाल समूहका २३ सांसदले मत दिए मात्रै देउवाले विश्वासको मत प्राप्त गर्न सक्छन।

पछिल्लो समय नेपाली राजनीतिमा खरो रुपमा उत्रिएका नेता नेपालले आफ्नै पार्टीको सरकारले जनभावना विपरित प्रतिनिधिसभाको बिघटन गरेको भन्दै बिरोध गरेर सरकार ढल्न अहम् भूमिका खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077