Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आयल निगममा नियुक्तिको हल्ला चलेसँगै कुलमान घिसिङको खण्डन

काठमाडौं । नेपाल आयल निगमको कार्यकारीमा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिको हल्ला चलेसँगै घिसिङले त्यसको खण्डन गरेका छन्।

मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएकै दिन घिसिङलाई आयल निगमको कार्यकारी निर्देशक बनाउनुपर्ने बिषय सामाजिक संजालमा चर्चा चलेसँगै उनले त्यसको खण्डन गरेका हुन्।

आयल निगमको कार्यकारी निर्देशकमा कुलमानको नाम चर्चामा आएपछि उनले सामाजिक संजालमा आफ्नाबिरुद्ध भ्रमपूणर् समाचार आइरहेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्-‘मेरोबारेमा गलत समाचारहरु सामाजिक सञ्जालमा आइरहेकोले यस्ता गलत समाचारहरुमा विश्वास नगरिदिनुहुन हार्दिक अनुरोध छ ।’

हाल नेपाल आयल निगमको कार्यकारी निर्देशक सुरेन्द्र पौडेल छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077