Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • बालविवाह गरेको आरोपमा दुलहासहित तीन पक्राउ

    बालविवाह गरेको आरोपमा दुलहासहित तीन पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ३१ असार २०७८
  • 3.2K
    SHARES

    फाइल फोटो

    पर्सा । पर्सामा बालविवाह गरेको आरोपमा दुलाहासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा पकहा मैनपुर गाउँपालिका–१ धोरेका २४ वर्षीय दुलाहा विशाल सहनी, सोही वडाका ६५ वर्षीय ठग सहनी र बाराको प्रसौनी गाउँपालिका–५ बेलहिया पनटोकाका ४८ वर्षीय महेश सहनी छन्।



    पक्राउ परेका दुलाहासहित तीनै जनाले आपसी सहमति गरी १७ वर्षीया किशोरीसित असार १७ गते विशालले बिहे गरेका थिए।



    पक्राउ परेका तीनै जनालाई विवाहसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार