Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नागरिक उड्डयन प्राधिकरणमा ठुलो संख्यामा कर्मचारीको माग (सूचनासहित)

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । प्राधिकरणले खुला तथा समावेशी विधिबाट स्थायी पदपूर्ति हुने गरी कुल १६४ जना नयाँ रोजगारीका लागि विभिन्न पदमा आवेदन माग गरेको छ ।

प्राधिकरणले आन्तरिक र खुला दुबै प्रतिस्पर्धाका लागि आवेदन माग गरेको हो । खुलातर्फ मात्र १६४ नयाँ भर्ना गर्न लागिएको हो । यसमध्ये सबैभन्दा धेरै वरिष्ठ अधिकृत पदमा ३४ जना कर्मचारी माग भएको छ ।

बिहिबार आयोगले एक सुचना जारी गर्दै निर्देशकदेखि सहायक स्तरसम्मका कर्मचारी माग गरेको हो ।

इच्छुक योग्यता पुगेका उम्मेदवारले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत् आवेदन दिन सक्नेछन् ।

सूचना प्रकाशित भएको २१ दिनभित्र दरखास्त दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077