Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सिंहदरबारमा मन्त्रिपरिषदको बैठक, मन्त्रीमण्डलको थप विस्तार हुन सक्ने

    सिंहदरबारमा मन्त्रिपरिषदको बैठक, मन्त्रीमण्डलको थप विस्तार हुन सक्ने

    अनलाइन नेपाल
  • बिहिबार, ३१ असार २०७८
  • 2.2K
    SHARES

    काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ ।

    केहीबेर अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरु भएको हो ।



    मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभाको (अधिवेशन) बोलाउन सिफारिस गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ।



    यसअघि सर्वोच्च अदालतले आगामी साउन ३ गते प्रतिनिध सभाको बैठक डाक्न परमादेश जारी गरेको थियो ।

    आजको बैठकबाट केही महत्वपूर्ण निर्णय हुनसक्ने देखिएको छ। जसमा थप मन्त्रीमण्डलको विस्तार हुन सक्ने बुझिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार