Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ओलीले बोलाए एमाले संसदीय दलको बैठक, नेपाल पक्षका सांसदलाई पनि पत्राचार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्।

एमालेका संसदीय दलका नेता ओलीको अध्यक्षतामा शुक्रबार दिउँसो नयाँ बानेश्वरस्थित व्यवस्थापिका– संसद् कक्षमा बैठक बस्न लागेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

तामाङका अनुसार बैठकमा आगामी साउन ३ गते बस्ने प्रतिनिधिसभाको बैठकबारे छलफल गर्नका लागि संसदीय दलको बैठक बोलाइएको हो।

यही असार २८ गते सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेर आइतबार प्रतिनिधिसभाको बैठकले बोलाउन आदेश दिएको थियो । यस्तै, भोलिको बैठकमा उपस्थितिको लागि  माधवकुमार नेपाल पक्षलाई समेत पत्राचार गरिएको तामाङले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077