Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

२,६७६ जनामा संक्रमण पुष्टि हुँदा १,७५७ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा थप १ हजार ७५७ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २५६ पीसीआर परीक्षणमा १ हजार ७८२  जना र ४ हजार ५१२ एन्टिजेन परीक्षण गर्दा ८९४ गरी २ हजार ६७६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । तीमध्ये हालसम्म ९ हजार ४६३ जनाको मृत्यु भएको छ ।

यसअघि हिजो २९०५ जनामा संक्रमण पुष्टि हुँदा १६०६ जना डिस्चार्ज भएका थिए भने १८ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077