Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलम्पिकका लागि नेपाली टोली आज टोकियो जाँदै

काठमाडौँ । टोकियो ओलम्पिकमा सहभागी हुन आज १० सदस्यीय टोली जापान जाँदै छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालको नेतृत्वमा जुडो खेलाडी सोनिया भट्ट, जुडो प्रशिक्षक सूर्य नारायण श्रेष्ठ, सुटिङकी कल्पना परियार, सुटिङका प्रशिक्षक असिम यादव, नेपाल ओलम्पिक कमिटी (एनओसी) का कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, टिम लिडर सुनिलकुमार श्रेष्ठ, तुलसी थापा, प्रकाश शमशेर राना र मेडिकल अफिसियलको रुपमा सूर्य नारायण श्रेष्ठ जापान जान लागेका हुन् ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा भने आउँदो सोमवार पाँच सदस्यीय टोली जापान जाने छ । यस्तै साउन १० गते राखेप उपाध्यक्ष शिव कोइराला, एथलेटिक्स खेलाडी सरस्वती चौधरी, प्रशिक्षक इन्दिरा मल्ल र एनओसी उप–महासचिव पिताम्बर तिम्सिना जापान जाने छन् ।

यसअघि पौडीका तीन सदस्यीय नेपाली टोली जापान पुगिसकेका छन् । टोकियो ओलम्पिक आउँदो साउन ८ गतेदेखि हुँदैछ । टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी, चार प्रशिक्षक र पदाधिकारीसहित २६ सदस्यीय टोलीको सहभागिता रहनेछ ।

ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077