Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ओलीले बोलाएको बैठक रोक्न भन्दै माधव पक्षीय नेताहरु बैठकस्थलमा प्रवेश गरेपछि...

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल सदस्यहरु स्थायी कमिटी बैठक रोक्न भन्दै  च्यासलमा पुगेका छन् ।

बैठक सुरु भएको करिब आधा घण्टापछि पार्टीभित्रको विवाद समाधान गर्न गठन गरिएको कार्यदलका नेपाल पक्षीय सम्पूर्ण सदस्यहरु बैठक स्थल पुगेका हुन् ।

‘तपाईंहरु बैठकमा सहभागी हुन आउनुभएको हो ?’ भन्ने पत्रकारहरुको प्रश्नमा माधव पक्षका कार्यदलका संयोजक भीम रावलले भने, ‘हामी बैठक रोक्नका लागि आग्रह गर्न आएका हौँ ।’

रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र भीम आचार्य बैठक रोक्नु बैठक हलमा प्रवेश गरेका छन ।

बैठकमा माधव नेपाल पक्ष अनुपस्थित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077