Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नयाँ गृहमन्त्रीको नाममा सरुवामा चलखेल गर्दै सशस्त्रका आईजीपी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनालले नै सरुवामा आर्थिक चलखेल गरेको समाचार बाहिरिएको छ ।

आईजीपी खनाल अहिले गण र गुल्मका कमाण्डरहरुको सरुवाको गृहकार्यमा लागेका छन् । ४४ गण र ४४ वटै गुल्मपतिको सरुवामा बढी चलखेल भइरहेको सशस्त्र प्रहरी स्रोत बताउँछ । सशस्त्रमा आर्थिक बर्षको सुरुमा सरुवा हुने गर्दछ ।

स्रोतका अनुसार ४४ वटा गणमध्ये २१ वटा सीमासँग जोडिएका गणका कमाण्डरसँग दररेट तोकेर असुलीका लागि सशस्त्र प्रहरी बलका आइजीपी खनालले पीए इन्स्पेक्टर नारायण गुरुङ र बीचौलिया नरेश भट्टलाई खटाएका छन् ।

भट्टले नै गण र गुल्मका कमाण्डरका लागि मोलमोलाई गर्ने कार्य गर्दै आएका छन् । जसले बढी दररेट बुझाउँछ, उसलाई उतिनै आकर्षक गण र गुल्ममा सरुवा गर्नेगरी मोलतोल भइरहेको स्रोत बताउँछ ।

गुरुङ र भट्टले आईजीपी खनालकै निर्देशनमा गण र गुल्मपतिमात्र होइन,लेखा अधिकृत र लेखापालहरुको सरुवामा समेत बोलकबोल गरिरहेको स्रोतले बताएको छ । लेखा अधिकृत र लेखापालहरुको सरुवामा भने सशस्त्रको केन्द्रीय लेखामा ४ बर्षदेखि कार्यरत इन्स्पेक्टर गणेशबहादुर मल्ल पनि सहभागी रहेको बुझिएको छ ।

मानवस्रोत विभागका एआइजी रामशरण पौडेलको सोझोपनको फाइदा उठाउँदै आइजीपी खनाल राजनीतिक माहौल परिवर्तनको मौका छोपेर सरुवाको वहानामा करोडौं उठाउन केन्द्रित भएको बुझिएको छ ।

गुरुङ र भट्टले गृहमन्त्री बालकृष्ण खाँडका निकट जन्मजय तिमल्सिना र मन्त्रीपत्नी मन्जु खाँडसमेतको नाम लिएर सरुवामा मनपरी गर्न लागेको  स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077