Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने तयारी

    प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने तयारी

    अनलाइन नेपाल
  • आइतबार, ३ साउन २०७८
  • 1.2K
    SHARES

    तस्बिर रासस

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आठौँ अधिवेशनको पहिलो बैठक बेलुका ४ बजेका लागि बोलाइएको छ ।

    संसदमा नेकपा एमाले प्रमुख प्रतिपक्षका रुपमा रहने छ । सर्वोच्चको आदेशबाट संसद पुनर्स्थापनासँगै साढे तीन वर्षदेखि सत्तामा रहेका केपी शर्मा ओली सत्ताबाट बाहिरिएका छन् ।



    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै एमाले प्रमुख प्रतिपक्षी दल बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै विश्वासको मत लिने तयारी भएको छ ।



    आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको हो ।

    सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार