Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भोटेवहालबाट १२ जना जुवाडे पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले १२ जना जुवाडेहरुलाई पक्राउ गरेको छ।

शनिबार काठमाडौँको भोटेवहालस्थित राजकुमार नगरकोटीको कोठाबाट १२ जना जुवाडेहरुलाई नगदसहित पक्राउ गरिएको परिसरका एसपी रमेश बस्नेतले जानकारी दिए।

एसपी बस्नेतका अनुसार उनीहरुको साथबाट तास र नगद ५ लाख ३१ हजार ५ सयसमेत बरामद गरिएको छ।

नगरकोटीले कोठाभित्र अबैध रुपमा जुवातास खेलाउदै आईरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको एसपी बस्नेतले बताए।

पक्राउ परेका उनीहरुमाथि थप आवश्यकअनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077