Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

माधव नेपाल समूहद्वारा निर्णय नै नगरी देउवालाई मत दिने घोषणा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको बरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिने निर्णय गरेको छ।

सर्वोच्च अदालतको गत असार २८ गतेको फैसलापछि प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेस सभापति देउवाले आज बस्न लागेको संसद बैठकमा विश्वासको मत लिने भएपछि एमालेको नेपाल समूहले सो निर्णय गरेको हो।

'हामी प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन्छौँ, नेपाल समूहका सांसद मेटमणि चौधरीले भने, 'यसमा कुनै निर्णय गर्नुपर्ने आवश्यकता नै छैन।'

यसअघि नेपाल समूहका २३ जना सांसद सर्वोच्च अदालत उपस्थित भएर संसद पुनःस्थापना र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गरेका थिए ।

संसदमा नेकपा एमाले प्रमुख प्रतिपक्षका रुपमा रहने छ । सर्वोच्चको आदेशबाट संसद पुनर्स्थापनासँगै साढे तीन वर्षदेखि सत्तामा रहेका केपी शर्मा ओली सत्ताबाट बाहिरिएका छन् ।

सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077