Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

यी हुन् कतारको एनआरएनए एनसीसीको कार्यसमितमा निर्विरोध निर्वाचित हुनेहरु (नामसहित)

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) कतारको सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएर नयाँ रेकर्ड बनेको छ । इतिहासमै पहिलोपटक सम्पूर्ण कार्यसमिति निर्विरोध र अध्यक्ष दुई कार्यकालको निर्विरोध भएर नयाँ रेकर्ड बनेको हो ।

निर्विरोध निर्वाचित भएका आईसिसि सदस्यमा नरेश श्रेष्ठ, सरिता भण्डारी पौडेल, टंक कुमार खड्का (कुमार), अर्षद हुसेन मुसलमान, पूर्ण बहादुर पोखरिया, रामु रेग्मी (कुमार) र तेज कटुवाल रहेका छन् । अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान, प्रथम उपाध्यक्षमा जैवी राई, द्धितिय उपाध्यक्षमा प्रेम चलाउने, महिला उपाध्यक्षमा अम्बिका खत्री, महासचिवमा पदम गिरी, सचिवमा रबिन थापा मगर र दिपजंग शाह, कोषाध्यक्षमा बिनोद प्रसाद बसौला, सहकोषाध्यक्षमा बालकृष्ण न्यौपाने विजयी भएका छन् ।

त्यसैगरी, नानु घले ब्लोन महिला संयोजकमा र युवा संयोजकमा डेक ब.भारती (सुमन) निर्बिरोध निर्बाचित भएका छन् । निर्वाचन समितिको मापदण्ड अनुसार लेखा समिति सदस्यमा उम्मेदवारी दिएका सन्तोष रेग्मीे लेखा समिति संयोजक, टीकाराम गौतम (अमित) र गणेश भट्ट निर्बिरोध निर्बाचित भएका छन् ।

एनआरएनए एनसीसी कतारकोे सदस्यमा तारानाथ बास्तोला (पवन), सेवक बि.क., खडक बहादुर पा फागो, नारायण प्रसाद ढुङगांना, मुखतार आलम, सन्तोष पौडेल, ओम बहादुर क्षेत्री (सन्तोष), बिष्णु बहादुर खड्का,सबिन्द्र श्रेष्ठ, गजेन्द्र राई, एकराज कट्वाल, मोहम्मद इनजाद आलम, अब्दुल खालिक शेख, दिनेश खत्री, जय प्रकाश यादव, मोहम्मद मेराजुद्दीन, रामबाबु यादव र अगन्धर देवकोटाको मात्रै उम्मेदवारी परेकाले उनीहरु निर्बिरोध निर्बाचित भएका हुन् ।

मुक्तदाको समुहलाई कतारमा रहेका जनप्रगतिशिल मन्च कतार, जनसम्पर्क समिति कतार, प्रबासी नेपालि मञ्च नेपाल समुह कतार, नेपाली समाज कतार, बिबेकशिल साझा कतार ,जनजाति महासङ्घ कतार, अन्तराष्ट्रिय मुस्लिम समालगायत कतारका ९० प्रतिशतभन्दा बढी संघ–संस्थाहरुले समर्थन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077