Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

देउवाले जसपाको महन्थ पक्षसँग पनि मागे विश्वासको मत, फेरि तटस्थ बस्ने संकेत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षसँग पनि विश्वासको मत मागेका छन् ।

आज कांग्रेस सभापति समेत रहेका देउवाले अध्यक्ष ठाकुरलाई पत्र लेख्दै संसदमा आफूलाई विश्वासको मत दिन आग्रह गरेको ठाकुरनिकट स्रोतले जानकारी दिएको छ।

यसअघि जसपाको उपेन्द्र यादव पक्षले भने १९ जना सांसदहरुको नामावली तयार पार्दै प्रधानमन्त्री देउवालाई बिस्वासको मत हाल्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री देउवाको पत्रपछि अध्यक्ष यादवले कुनै प्रतिक्रिया दिएका छैनन् ।

यसअघि पनि अध्यक्ष ठाकुरको समूहले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बिस्वासको मत नदिई तटस्थ बसेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077