Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ओलीलाई धन्यवाद दिँदै देउवाले मागे संसदमा विश्वासको मत

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत मागेका छन् ।

आज पुनर्स्थापित प्रतिनिधिसभा बैठकको दोस्रो सत्रमा प्रधानमन्त्री देउवाले आफ्नो पक्षमा मतदान गर्न संसदमा उपस्थित सांसदहरुलाई आग्रह गरेका हुन्। बैठकमा प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको राम्रा कामहरुलाई स्मरण गर्दै धन्यवाद समेत व्यक्त गरेका छन्।

प्रधानमन्त्री देउवालाई संसदमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाका दुवै पक्ष (उपेन्द्र यादव र महन्थ ठाकुर), एमालेकै माधवकुमार नेपाल पक्षका केही सांसदहरुले विश्वासको मत दिने घोषणा गरेका छन्।

गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेस सभापति देउवाले आज अपराह्न बस्ने संसदको दोस्रो बैठकमा विश्वासको मत लिंदैछन् ।

संसदमा नेकपा एमाले प्रमुख प्रतिपक्षका रुपमा रहने छ । सर्वोच्चको आदेशबाट संसद पुनर्स्थापनासँगै साढे तीन वर्षदेखि सत्तामा रहेका ओली सत्ताबाट बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077