Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानमन्त्री देउवा र मोदीबीच टेलिफोन, सम्बन्ध थप सुदृढ हुने विश्वास

काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।

सोमबार भएको फोन वार्ताका क्रममा प्रधानमन्त्री मोदीले देउवालाई बधाई तथा शुभकामना दिँदै दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेको सामाजिक संजालमार्फत मोदीले उल्लेख गरेका छन्।

यस्तै, मोदीले कोरोना महामारी लगायत विषयमा सहकार्य गरेर अघि बढ्ने कुरा पनि राखेका थिए ।

सो क्रममा देउवाले बधाई दिएकोमा मोदीलाई धन्यवाद दिँदै साझा विषयहरुमा मिलेर काम गर्न तयार रहेको धारणा राखेको बताइएको छ ।

https://twitter.com/narendramodi/status/1417045208273805314

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077