Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

थप खाेप सहयाेग माग्ने मन्त्रिपरिषदको निर्णय

काठमाडाैं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई खोप दिने दाता राष्ट्रहरूसँग थप खाेप सहयाेग माग्ने निर्णय गरेकाे छ ।

साेमबार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको बैठकले खोप दाता राष्ट्रहरूलाई धन्यवाद दिँदै खोप उप्पादक तथा अन्य राष्ट्रहरूलाई कोभिड खोपमा सहयोग गर्न आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँड र कानुन तथा संसदीय व्यवस्था मन्त्री कार्की रहेका छन् भने माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुसाल रहेका छन्।

मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार प्रधानमन्त्रीको अध्यक्ष्यतामा बस्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077