Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

स्वास्थ्य सचिवमा डा. रोशन पोखरेल नियुक्त

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य सेवातर्फको सचिवमा डाक्टर रोशन पोखरेल नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले जानकरी दिए।

यसअघि सचिव नियुक्तका सोमबार सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका ३ जना प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा सरकारले डा.पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । विगत दुई वर्षदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य प्राविधिकतर्फको (स्वास्थ्य सेवा) सचिव पद रिक्त थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077