Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

गैर आवासिय नेपाली संघ युएईका उपाध्यक्ष र महासचिव निलम्बनमा


काठमाडौं । गैर आवासिय नेपाली संघ युएईका उपाध्यक्ष पासाङ शेर्पा र महासचिव निश्चल दाहाल निलम्बनमा परेका छन् । संघको १९ जुलाइमा बसेको बैठकले उपाध्यक्ष शेर्पा र महासचिव दाहालले विधान विपरित कार्य गरेको ठहर गर्दै निलम्बन गर्ने निर्णय गरेको गैर आबसिय नेपालि संघ, राष्ट्रिय समन्य परिषद युएइका सचिव रमेश क्षितिजले जानकारी गराए ।

बैठकले गैर आवासिय नेपाली संघ युएईको आगामी अधिवेशनको लागि पार्षद सदस्यहरुको बिषयमा पंजिकृत सदस्यहरुबाट १० सदस्य बराबर १ पार्षदको अनुपातमा चयन गर्ने पनि निर्णय गरेको छ । युएई बर्तमान अवस्था र कोभिडको कारण भन्दै १९ जुलाइका दिन बैंठक बसी उक्त निर्णय गरेको संघले जनाएको छ ।

त्यसैगरी बैठकले एनआरएनको सदस्यता लिएका सबैलाई बैधानिक पंजिकृत सदस्य मानिने र सोही अनुसार पार्षद चयन गरिने निर्णय गर्दै निर्वाचन समितिका लागि आइसिसि सदस्य ठाकुरप्रसाद ढुंगाना संयोजक र मणीप्रसाद भुर्तेल सदस्य तथा एक सदस्य थप्ने गरि ३ सदस्सिय निर्वाचन समिति गठन गरेको छ ।

संघका कार्यबाहक अधक्ष्य निरन्जन सिलवालको अधक्ष्यतामा बसेको बैठकमा मध्यपूर्व उप सयोजक मनोज श्रेष्ठ, पूर्व अधक्ष्य एब मानार्थ सदस्य सुदिप कार्की, आइसीसी सदस्य ठाकुरप्रसाद ढुगाना एवम् क्षेत्रिय अधक्ष्यहरु भिम मल्ल, रामु शाही ठकुरी, काशिनाथ कार्की, धनबहादुर चन्दलगायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077