Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अफगानिस्तानमा राष्ट्रपति निवासलाई लक्षित गर्दै रकेट आक्रमण (भिडियो)

एजेन्सी। इदको अवसरमा अफगानिस्तानको राजधानी काबुलस्थित राष्ट्रपति निवासलाई लक्षित गर्दै रकेट आक्रमण गरिएको छ। मंगलबार राष्ट्रपति भवन परिसरमा प्रार्थना हुँदैगर्दा रकेट आक्रमण भएको हो । प्रार्थना चल्दै गर्दा राष्ट्रपति असरफ घानी समेत त्यही प्रार्थनास्थलमा नै थिए । रकेट आक्रमणको आवाजबिच उपस्थित व्यक्तिहरुले प्रार्थनालाई निरन्तरता दिएका थिए। हालसम्म आक्रमणको जिम्मेवारी कसैले लिएको छैन।  तीनवटा रकेट काबुलमा प्रहार गरिएको अधिकारीहरुले बताएका छन्। रकेट आक्रमणको बारे हाल अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077