Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रेशम चौधरीको रिहाई गर्न प्रधानमन्त्री देउवासँग ठाकुर पक्षको माग

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिनु पहिले गरिएका प्रतिवद्धता कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ।

आज जसपाले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले रेशम चौधरीलगायत बन्दीहरूको रिहाइमा प्रतिवद्धता प्रस्तुत गरेकोले आफूहरूले विश्वासको मत दिएको जसपाले उल्लेख गरेको छ।

‘रेमश चौधरीलगायत राजबन्दीहरूको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायत समस्याहरूको समाधान गर्ने प्रतिवद्धता प्रधानमन्त्रीजीबाट व्यक्त भएको हुनाले जसपाले विश्वासको मत दिने निर्णय गरेको हो।' बिज्ञप्तिमा भनिएको छ।

यस्तै, विज्ञप्तिमा जसपाले संविधान संशोधनको विषय पनि उठाएको छ।

साथै, जसपाले पार्टीले उठाएका माग सम्बोधन गरेकोले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यबाद पनि दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077