Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निको हुने भन्दा संक्रमण हुनेको संख्या दोब्बर, थप ३,१०८ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा थप १ हजार ५९५ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८३६ पीसीआर परीक्षणमा २ हजार २०२  जना र ४ हजार २९९  एन्टिजेन परीक्षण गर्दा ९०६ गरी ३ हजार १०८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ । तीमध्ये हालसम्म ९ हजार ६०७ जनाको मृत्यु भएको छ ।

यसअघि हिजो २,४४५ जनामा संक्रमण पुष्टि हुँदा १,२५८ जना डिस्चार्ज भएका थिए भने ३२ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077