Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

स्पष्टीकरण सोध्ने ओलीलाई नै अध्यक्ष पद छाड्न नेपालनिकट २२ सांसदको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल निकट २२ जना सांसदले पार्टी अध्यक्ष केपी ओलीलाई अध्यक्ष पद छाड्न आग्रह गरेका छन् ।

नेपालनिकट २२ सांसदको आज बसेको बैठकले एमालेको एकताका लागि ओलीले अध्यक्षबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेसँगै यस्तो आग्रह गरेका हुन्। यस्तै आजको बैठकले पार्टी अध्यक्ष ओलीलाई प्रतिशोधको राजनीति नगर्न पनि आग्रह गरेको सो समूहकी नेत्री रामकुमारी झाँक्रीले जानकारी दिईन।

यसअघि सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ ‘किसान’ रहेका छन् ।

त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077