Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मालीका राष्ट्रपतिमाथि मस्जिदमै चक्कू आक्रमण

    मालीका राष्ट्रपतिमाथि मस्जिदमै चक्कू आक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, ५ साउन २०७८
  • 3K
    SHARES

    एजेन्सी । मालीका अन्तरिम राष्ट्रपति असिमी गोइतालाई मङ्गलबार मस्जिदमा प्रार्थना गर्ने क्रममा आक्रमण गर्ने प्रयास भएको राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।

    उनलाई दुई व्यक्तिले आक्रमण गरेको तर उनी रहेको उनको कार्यालयले  बताएको छ । आक्रमणकारी दुई व्यक्तिमध्ये एकसँग धारिलो हतियार (चक्कु) भेटिएको पनि स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अन्तरिम राष्ट्रपति गाइतालाई ईद उल–अधाको इस्लामिक पर्वको लागि गरिएको प्रार्थनाको क्रममा उक्त आक्रमण भएको हो ।



    एक सञ्चारकर्मीका अनुसार गोइतालाई घटनास्थलबाट अन्यत्र जाने व्यवस्था मिलाइएको छ । उनी घाइते भएको वा नभएको अहिलेसम्म स्पष्ट भइसकेको छैन ।



    राष्ट्रपति कार्यालयका पदका एक अधिकारीले गोइत ‘सुरक्षित र सकुशल’ पुष्टि गरेका छन् । गोइतलाई राजधानीबाहिरको एक सैनिक शिबिरमा लगिएको राष्ट्रपतिको कार्यालयले बताएको छ । उक्त स्थानमा सुरक्षा व्यवस्था थप सुदृढ गरिएको बताइएको छ ।

    धार्मिक मामिला मन्त्री मामाडो कोनका  अनुसार एक व्यक्तिले ‘राष्ट्रपति’लाई चक्कु प्रहार गरी हत्या गर्न खोजेको बताए । राष्ट्रपतिका सुरक्षा गार्डले उक्त आक्रमणकारीलाई तत्कालै नियन्त्रणमा लिएका थिए भने आरोपित एक व्यक्ति घाइते अवस्थामा पक्राउ परेको बताइएको छ । (एएफपीको सहयोगमा)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार