Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • माली आक्रमणमा १६ सैनिकको मृत्यु

    माली आक्रमणमा १६ सैनिकको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ९ चैत्र २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । मालीमा भएको छुट्टाछट्टै दुई आक्रमणमा परी १६ सैनिकको मृत्यु भएको र १८ जना घाइते भएको मालीको सेनाले बुधबार बताएको छ ।

    मालीको साहेल राज्यमा फैलिएको पछिल्लो हिंसामा मङ्गलबार अबेरसम्म भएका झडपमा देशको उत्तरपूर्व र मध्यक्षेत्रमा भएका आक्रमणमा यो हप्ता १६ सैनिकको मृत्यु भएको र १८ जनायो र १८ जना घाइते भएको उक्त आक्रमणमा इस्लामिक स्टेट समूहको सम्लग्नता रहेको पुष्टि गरिएको छ ।



    आक्रमणमा ३७ विद्रोही पनि मारिएका र उनीहरूबाट ठूलो पैमानामा हतियारहरू जफत् गरिएको सेनाले बताएको छ ।



    दुई करोड १० लाख जनता भएको गरिब राष्ट्र मालीले छिमेकी बुर्किना फासो र नाइजरमा फैलिनुअघि सन् २०१२ मा देखा परेको जिहादी विद्रोहलाई रोक्न सङ्घर्ष गर्दै आएको छ । यस युद्धमा हजारौं सिपाही तथा नागरिकहरू मारिएका छन् र सयौं हजार मानिसहरू आफ्नो घर छोडेर भागेका छन् ।

    सन् २०२० मा सत्ता कब्जा गरेको मालीको सत्तारूढ सैन्य प्रशासनले जिहादी समूहसँग निरन्तर लड्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार