Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रेशम चौधरीको रिहाइका लागि बालुवाटार पुगे महन्थ, ओलीको भन्दा देउवाको भरोसा !

काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।

बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ठाकुरबीच भेटवार्ता भएको ठाकुरनिकट स्रोतले  जानकारी दिएको छ।

ठाकुर निकटस्रोतका अनुसार अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवासँग जेलमा रहेका रेशम चौधरी, संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने बारेमा चासो राखेका थिए।

प्रधानमन्त्री देउवाले संविधान र कानुनले दिने कार्य गर्न आफू तयार नै रहेको त्यसक्रममा बताए । विश्वासको मत दिएकोमा धन्यवाद दिँदै उनले मधेशका माग सम्बोधन गर्न आफू सधैं तयार रहेको बताएका थिए।

पछिल्लो समय जसपाको ठाकुर पक्षको केन्द्रीय कार्यकारिणी समितिले रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय उठाइरहेको छ । सो समूहले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग पनि यिनै मागहरु राखेर सरकारमा सहभागी भएको थियो। तर उक्त सरकार धेरै टिक्न सकेन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077