Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अन्तत : भीम रावलले छाडे माधव समूह

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता भीम रावलले अन्तत : सो समूह छोडेका छन् ।

बुधबार बानेश्वरमा माधव समूहको बैठकमा रावल अनुपस्थित भएपछि उनले सो समूह औपचारिक रुपमा छाडेका हुन्।

एमालेको विवाद समाधान गर्न गठन गरिएको सँयुक्त कार्यदलमा माधव समूहका संयोजक समेत रहेका रावलले सो कार्यदलले विवाद समाधानका लागि भन्दै १० बुँदे प्रस्तावमा सहमति पनि गरेका थिए।

तर, सो सहमतिमा वरिष्ठ नेता नेपालले भने असहमति जनाएका थिए । पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीसँग निकट देखिएका रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत माग्दा सांसदबाटै राजीनामा घोषणा गरेका छन्।

उनको राजीनामा भने स्वीकृत भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077