Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भीम रावललाई खोज्दै टोखा पुगे माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भीम रावललाई भेट्न उनकै निवास टोखा पुगेका छन् ।

केही बेरअघि बसेको आफूपक्षीय स्थायी कमिटी नेताहरूको बैठकमा नेता रावल सहभागी नभएपछि बरिष्ठ नेता नेपाल उनलाई खोज्दै उनको निवास टोखा पुगेको रावलनिकट स्रोतले जनाएको छ।

एमालेको विवाद समाधान गर्न गठन गरिएको सँयुक्त कार्यदलमा माधव समूहका संयोजक समेत रहेका रावलले सो कार्यदलले विवाद समाधानका लागि भन्दै १० बुँदे प्रस्तावमा सहमति पनि गरेका थिए । रावल माधव नेपालका मुख्य सहयोगी समेत रहेका थिए ।

पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीसँग निकट देखिएका रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत माग्दा सांसदबाटै राजीनामा घोषणा गरेका छन्।

उनको राजीनामा भने स्वीकृत भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077