Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कार्यकारिणी सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन निर्वाचन आयोगको आदेश

काठमाडौं। निर्वाचन आयोगले सनाखतका लागि स्वयं उपस्थित हुन जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी सदस्यहरूका नाममा आदेश जारी गरेको छ।

जसपाको विवाद निरुपणका लागि आयोगले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी वा मतदाता परिचय पत्रको प्रतिलिपीसहित साउन ११ गते बिहान ११ बजे आयोगमा उपस्थित हुन भनेको आयोगले जनाएको छ।

आयोगले जसपा विवादबारे टुंगो लगाउन प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्सीय इजलास गठन गरेको थियो । इजलासले गत आइतबारदेखि जसपा विवादबारे सुनुवाइ सुरु गरेको हो ।

आयोगले जसपाको केन्द्रीय कार्यकारिणी समितिको बहुमत, अल्पमत हेरेर निर्णय लिइने  जनाएको छ । राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेको पक्षलाई दलको आधिकारिकता दिने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077