Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

चितवन निकुञ्जमा भाले गैँडा मृत फेला

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ ।

बिहीबार बिहान निकुञ्जको धुधौरा क्षेत्रमा अन्दाजी २५–३० वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार दुई वटा भाले गैँडा एकआपसमा जुधेर उक्त घटना भएको निकुञ्जको अनुमान छ ।

मृत्यु भएको गैँडाको खाग र खुर सुरक्षित रहेको अधिकारीले बताए ।

योसँगै चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७८-७९ मा तीन वटा भाले गैँडाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077