Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

थप १८ जनाको मृत्यु हुँदा १,६७८ जना घर फर्के

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा थप १ हजार ६७८ जना निको भएर घर फर्केका  छन् । थपिनेको संख्या निको हुनेको भन्दा झन्डै दोब्बर नजिक हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६९८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९८२ जना र ३ हजार ६१० जनाको परीक्षण गर्दा ९९५ गरी २ हजार ९७७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । तीमध्ये हालसम्म ९ हजार ६७९ जनाको मृत्यु भएको छ ।

यसअघि हिजो २,७१४ जनामा संक्रमण पुष्टि हुँदा  २४ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077