Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • अफगानिस्तानमा ३४ मध्ये ३१ प्रान्तमा निषेधाज्ञा

    अफगानिस्तानमा ३४ मध्ये ३१ प्रान्तमा निषेधाज्ञा

    अनलाइन नेपाल
  • आइतबार, १० साउन २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । अफगानिस्तानमा ३४ मध्ये ३१ प्रान्तमा सरकारले निषेधाज्ञा लगाएको छ ।

    तालिबानले आफ्नो पकड बिस्तार गर्दै लगेपछि त्यसलाई रोक्ने प्रयास स्वरुप अफगानी सरकारले निषेधाज्ञा लागु गरेको हो ।



    राजधानी काबुल र अरु दुई प्रान्त बाहेकका क्षेत्रमा राति १० देखि बिहान ४ बजेसम्म निषेधाज्ञा लागु गरिएको हो । पछिल्लो दुई महिनादेखि तालिबान र सरकारी सुरक्षा बलबिचको भिडन्त बढ्दै गएको छ ।



    अमेरिकीसँगै नेटोमा आवद्ध सैनिकहरु अफगानिस्तानबाट फिर्ता हुने क्रम जारी रहँदा तालिबानले आफ्नो गतिविधि बढाएको हो । बिद्रोही समूह तालिबानले अफगानिस्तानको आधा भागमा आफ्नो नियन्त्रण कायम गरेको बताइएको छ ।

    अमेरिकाले आफ्ना सैनिक फिर्ता लैजान थालेपछि तालिबानले नियन्त्रण बिस्तार गरेको हो । तालिबानले देशका सीमा तथा ग्रामीण क्षेत्रमा नियन्त्रण बनाएको छ ।

    २० वर्षपहिले अमेरिकाको सैन्य हस्तक्षेपपछि तालिबान अफगानिस्तानको सत्ताबाट बाहिरिएको थियो । अहिले फेरि अमेरिकी सैनिक फिर्ता हुन थालेपछि अफगानिस्तानले पकड बिस्तार गरेको हो ।

    तालिबानले अत्यावश्यक सामग्रीको आपूर्तिका लागि प्रयोग हुने मार्ग पनि नियन्त्रणमा लिन थालेका छन् । तालिबानका लडाकुहरुले विभिन्न शहरलाई घेराबन्दी गरे पनि अहिलेसम्म नियन्त्रणमा लिन भने सकेका छैनन् ।

    अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले शनिबार वक्तव्य जारी गरेर देशका ३१ प्रान्तमा कर्फ्यू लागु गरिएको बताएको हो । काबुल, पान्जशिर र नान्गार्हार प्रान्तमा भने कर्फ्यू लागु गरिएको छैन ।

    तालिबानले आफ्नो पकड बिस्तार गर्ने क्रममा यो हप्ता कान्दाहार शहरको बाहिरी क्षेत्रमा भिडन्त भएको थियो । जवाफमा अमेरिकी सुरक्षा बलले हवाई आक्रमण गरेको थियो बिहीबार ।

    अफगानिस्तानमा अमेरिकी सैन्य अभियान आउादो अगस्ट ३१ मा सकिँदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार