Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

काठमाडौं उपत्यकामा साउन २० गतेसम्म निषेधाज्ञा थप, यस्तो छ नयाँ मापदण्ड

काठमाडौं । काठमाडौं उपत्यकामा जारी रहेको निषेधाज्ञा अझै १० दिन थप गरिएर आगामी साउन २० गते सम्म लम्ब्याइएको छ।

आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो ।

यसअघि जारी गरिएको निषेधाज्ञाको अवधि आज सकिएपछि पुन: १० दिन थप गरेर आगामी साउन २० गते सम्म पुर्याइएको काठमाडौँका सीडीओ कालीप्रसाद पराजुलीले जानकारी दिए।

थपिएको निषेधाज्ञाका नियममा कुनै पनि परिवर्तन नभएको सीडीओ पराजुलीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077