Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सर्वोच्चद्वारा महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    सर्वोच्चद्वारा महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    अनलाइन नेपाल
  • आइतबार, १० साउन २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    आज न्यायाधीश कुमार रेग्मीको इजलासले निर्वाचन आयोगको निर्णयको सक्कल प्रति समेत मगाउदै यस विषयमा दुबै पक्षलाई छलफलका लागि साउन १५ गते बोलाएको छ ।



    यसअघि आयोगले जसपाको आधिकारिकतासम्बन्धी विवादमा साउन ११ गते सबै कार्यकारिणी समिति सदस्यलाई उपस्थित हुन आदेश दिएपछि आयोगको उक्त निर्णयविरुद्ध अध्यक्ष ठाकुरले सर्वोच्चमा रिट दिएका थिए ।



    ‘निर्वाचन आयोगजस्तो संवैधानिक अंगले खुल्ला इजलासमा बहस पैरवी छलफलसमेत गराई गरेको निर्णयलाई रिट निवेदकको माग बमोजिम तत्काल अन्तरिम आदेशबाट कार्यान्वयन हुन रोक्नका लागि निर्णयकर्ता र विवादको अर्को पक्षसमेतलाई छलफलमा राखी उक्त निर्णयमा apparent error of law छ वा छैन ? रिट निवेदकलाई उक्त निणएयले अपुरणीय क्षति पुगेको छ छैन भन्ने सम्बन्धमा निर्णय हुनु संवैधानिक मर्यादासमेतको दृष्टिकोणले उपयुक्त हुने देखिएको’ भन्दै दुबै पक्षलाई छलफलका लागि बोलाएको सर्वोच्च जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार