Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अफगानिस्तानमा ८१ लडाकू मारिए

एजेन्सी । अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी थप ८१ लडाकू मारिएका छन्।

आइतबार लडाकूहरुको अखडा रहेको ठाउँमा सुरक्षाकर्मीहरुले हेलिकोप्टर र लडाकू विमानबाट आक्रमण गरेको अधिकारीहरुले जनाएका छन्।

देशको उत्तरी बाल्ख प्रान्तमा आइतबार आक्रमण गरिएको सरकारी सेनाले आइतबार नै जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ। आइतबार दिउँसो काल्डार र चाम्ताल जिल्लामा भएको घटनामा परी अरु ४३ जना घाइते पनि भएको अधिकारीहरुले जनाएका छन्।

घटनास्थलबाट सुरक्षाकर्मीहरुले ठूलो सङ्ख्यामा सवारी साधन, विस्फोटक पदार्थलगायतका महत्वपूर्ण सामग्रीहरु पनि नियन्त्रणमा लिएको छ। अफगानिस्तानमा लामो समयदेखि द्वन्द्व जारी छ। युद्ध अन्त्यका लागि पटकपटक वार्ता भइरहे पनि निष्कर्षमा पुग्न भने सकेको छैन। तालिबान विद्रोही लडाकूहरुले देशभरका झण्डै २०० जिल्ला आफूहरुको नियन्त्रणमा रहेको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077