Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हिमाचलमा पहिरोपछि ढुंगाको वर्षा, ९ जनाको मृत्यु

एजेन्सी – भारतको हिमाचल प्रदेशमा पहिरोपछि ढुंगाहरु खस्दा ९ जनाको ज्यान गएको छ। हिमाचल प्रदेशको किन्नौर जिल्लमा पहिरोपछि तीव्र गतिमा ढुङ्गाहरू खस्दा ९ पर्यकटकको ज्यान गएको भारीत सत्तचारमाध्यमले जानकारी दिएका छन्।

घटनामा ज्यान गुमाउने ४ जना राजस्थान, २ जना छत्तीसगढ र एक–एक जना महाराष्ट्र र पश्चिम दिल्लीका रहेका छन्। एक मृतकको राज्य वा सहरको ठेगाना खुलेको छैन। त्यस्तै ढुंगाहरु खसेपछि बस्पा नदीमा बनेको पुल नै भाँचिएको छ।

पर्यटक सवार एचआर ५५ एजी ९००३ नम्बरको गाडी छितकुलबाट सांगलातर्फ गइरहेका थिए। बटसेरीको गुंसा छेउ रहेको पुलमा ढुङ्गा खसेपछि टुट्न पुग्यो। यसको चपेटामा पर्यटकीय बस पनि प¥यो।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाउनेहरूको परिवारलाई राहत स्वरूप २ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन्। हिमाचलको किन्नौरमा ढुङ्गा खस्ने क्रममा शनिबारदेखि नै जारी रहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077