Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दाङमा जरायोको सिङ र छालासहित तीन पक्राउ

    दाङमा जरायोको सिङ र छालासहित तीन पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ११ साउन २०७८
  • 1.7K
    SHARES

    दाङ । दाङमा संरक्षित वन्यजन्तु जरायोको टाउकाको छाला र दुई थान सिङसहित तीन जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका १ गंगटेका २२ वर्षीय जीवन घर्ती, बबई ४ हापुरेका ३९ वर्षीय इन्द्रबहादुर केसी र सल्यानको शारदा नगरपालिका ४ साइलाकाम्दाका २२ वर्षीय विनोद वली रहेका छन् ।



    जिल्ला प्रहरी कार्यालयका अनुसार रा १ च ४९७ नम्बरको एम्बुलेन्समा जरायोको सिङसहित तुलसीपुरतर्फ आउँदै गर्दा तुलसीपुरको गहते खोलाबाट उनीहरु पक्राउ परेका हुन् ।



    बबईको हापुरेबाट पूर्व तुलसीपुरतर्फ आउँदै गरेको एम्बुलेन्समा वन्यजन्तुको ओखेटोपहार रहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तुलसीपुर उपमहानगरपालिका ८ गहते खोला नजिक जाँच गर्ने क्रममा उनीहरुको साथबाट जरायोको सिङ बरामद गरिएको हो।

    पक्राउ परेकामध्ये केसी एम्बुलेन्स चालक हुन । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार