Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • देउवाले बोलाए मन्त्रिपरिषदको बैठक

    देउवाले बोलाए मन्त्रिपरिषदको बैठक

    अनलाइन नेपाल
  • सोमबार, ११ साउन २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन्।

    बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बोलाइएको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।



    उनका अनुसार आजको नियमित बैठकमा समसामयिक विषयवस्तु र प्रशासनिक काम कारबाहीबारेको छलफलसहित निर्णय हुने छ । मन्त्रिपरिषदको नियमति बैठक प्रत्येक हप्ताको सोमबार र बिहीबार बस्दै आएको छ ।



    मन्त्रिपरिषद्ले पूर्णता पाइ नसकेको अवस्थामा त्यसबारेमा पनि निर्णय हुनसक्ने स्रोतले जानकारी दिएको छ ।

    आइतबार प्रधानमन्त्री देउवाले स्वाथ्यराज्यमन्त्री थप गरेपछि पहिलो पटक बस्न लागेको आजको बैठकमा स्वास्थ्य क्षेत्रकोबारेमा पनि थप केही निर्णय हुन सक्ने बुझिएको छ । आइतबार कांग्रेस सांसद उमेश श्रेष्ठलाई देउवाले स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार