Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

आर एन यादव/ सर्लाही । सर्लाहीमा जंगली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु छ, भने एक पुरुष घाइते भएका छन् ।

सोमबार विहान हरिवन नगगरपालिका वडा नम्वर ४ गणेश चोक बस्ने सलाकत मन्सुरकी ६२ वर्षीया श्रीमति तेतरी खातुनको मृत्यु भएको हो । स्थानीय आभाष रायको विवाह घरमा जाने क्रममा अचानक जंगली हात्तीले आक्रमण गर्दा उनको दाँया खुट्टा र पेटमा चोट लागेको थियो ।

उनलाई तत्कालै नमुना अस्पताल हरिवनमा सामान्य उपचार पश्चात थप उपचारका लागि नेशलन मेडिकल कलेश वीरगञ्जमा उपचारको क्रममा सोमबार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

त्यस्तै, सर्लाहीकै बगमती नगरपालका वडा नम्वर ४ रेल्वे नजिकै मानसिक सन्तुलन ठिक नभएको अन्दाजि ३५ वर्षीय एक पुरुषलाई जंगली हात्तीको आक्रमणबाट घाइते भएका छन् ।

घाइते पुरुषको नाम र ठेगाना खुल्लेको छैन् । उनको बाँया खुट्टा भाचिएको र बाँया कानमा चोट लागेको प्रहरीले जनाएको छ ।

उनलाई घाइते अवस्थामा प्रहरीले उद्धार गरी नमुना अस्पताल हरिवनमा पठाई त्यहाँ उपचार हुन नसक्दा थप उपचारका लागि नारायणी उप–क्षेत्रिय अस्पताल वीरगञ्ज पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077