Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • १३ लाखको चेक बाउन्स मुद्दामा फरार रहेकी शोभा सीआईबीको फन्दामा

    १३ लाखको चेक बाउन्स मुद्दामा फरार रहेकी शोभा सीआईबीको फन्दामा

    अनलाइन नेपाल
  • सोमबार, ११ साउन २०७८
  • 1.8K
    SHARES

    काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसूर (चेक बाउन्स) मुद्दामा फरार रहेकी एक महिलालाई पक्राउ गरेको छ।

    तनहुँ व्याँस नगरपालिका-९ घर भएकी ४५ वर्षीया शोभा गुरुङलाई सोमबार सीआईबीले ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको हो ।



    पक्राउ परेकी शोभालाई उच्च अदालत पाटनको २०७७ चैत ३० गतेको फैसलाले १४ दिन कैद र १३ लाख ७० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो ,



    सीआईबीका अनुसार गुरुङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्याई सानिमा बिकास बैंकको चेक काटेर बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।

    उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा बुझाइएको सीआईबीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार