Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकदिवसीय क्रिकेट श्रृङ्खला अस्ट्रेलियालाई

एजेन्सी । घरेलु टोली वेष्ट इन्डिजसँगको एकदिवसीय क्रिकेट श्रृङ्खला अस्ट्रेलियाले जितेको छ ।

ब्रिङटाउनमा भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा वेष्ट इन्डिजलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले २–१ ले श्रृङ्खला जितेको हो ।

वेष्ट इन्डिजले दिएको १५३ रनको लक्ष्य अस्ट्रेलियाले ३० ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो । अस्ट्रेलियाका म्याथ्यु वेडले अविजित ५१ रनको अर्धशतकीय पारी खेले ।

पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ४१ ओभर ५ बलमा अलआउट हुँदै १५२ रन बनाएको थियो । उसका लागि इभान लेविसले अविजित ५५ रन जोडे ।

अस्ट्रेलियाका मिचेल स्ट्रार्कले ३ तथा जोस हेजलवुड, अस्टन अगर र एडम जाम्पाले दुई दुई विकेट लिए ।

दोस्रो एकदिवसीयमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई ४ विकेटले हराएको थियो भने पहिलो खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई डर्कवर्थ लुइस पद्धतिका आधारमा १३३ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077