Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रहरीको स्टिङ अप्रेसन, १० जना जुवाडे नगदसहित पक्राउ

काठमाडौँ। महानगरीय प्रहरी परिसर काठमाडौँले १० जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला घर भई हाल काठमाडौँ जोरपाटी बस्ने ४६ बर्षीय प्रेम लामासहित १० जना रहेको परिसरका प्रवक्ता तथा एसपी रमेश कुमार बस्नेतले जानकारी दिए।

मंगलबार लामाको कोठामा जुवा खेलेको भन्ने सूचना पाएपछि खटिएको परिसरको विशेष टोलीले उनीहरुलाई नगद र ताससहित पक्राउ गरिएको एसपी बस्नेतले बताए।

एसपी बस्नेतका अनुसार उनीहरुको साथबाट नगद १ लाख ९७ हजार ५ सय र केही थान तास समेत बरामद गरिएको छ भने पक्राउ परेका उनीहरुलाई आवश्यक थप अनुसन्धान र कारवाहीका लागि प्रहरी वृत बौद्धमा बुझाइएको एसपी बस्नेतले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077