Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सत्तारुढ गठबन्धनबाट बाहिरिने चित्रबहादुर केसीको चेतावनी

काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारुढ गठबन्धन छाड्ने चेतवानी दिएका छन्।

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा एमसीसी र संघीयताको बिरोध गर्दै उनले गठबन्धनबाट बाहिरिने चेतवानी दिएका हुन्।

बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष केसीले नेपाली जनता कोभिडविरुद्धको खोप नपाएर अकालमा ज्यान गुमाउन बाध्य भइरहेको अवस्थामा गठबन्धनको सरकार गम्भीर बन्न नसकेको बरु एमसीसीलाई अघि बढाउने ध्याउन्नमा लागेको भन्दै विरोध गरेका थिए।

‘जनता कोरोनाविरुद्धको खोप नपाएर मरिरहेका छन् । तपाईहरु एमसीसी कसरी पास गर्ने र संघीयता धरापमा पर्योमात्रै भन्नुहुन्छ । अनि कसरी जनताले यो गठबन्धनको सरकारलाई विश्वास गर्ने ?’केसीको प्रश्न उधृत गर्दै ती नेताले अनलाइन नेपाललाई बताए।

‘गठबन्धन खाली संघीयता र एमसीसीको पछि लाग्ने हो भने हामी प्रतिपक्षमा बस्छौँ’, केसीको भनाइ थियो ।

मंगलबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्तामा एमसीसीको विषयमा छलफल भएको बुझिएपछि अध्यक्ष केसीले त्यसको बिरोध गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077