Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भुटानले एक हप्तामै ९० प्रतिशतलाई कोरोना खोप लगायो

एजेन्सी । भुटानले खोप लगाउन योग्य ९० प्रतिशत नागरिकलाई एक हप्ताभित्रै कोरोना भाइरसविरुद्धको खोप लगाएको छ ।

खोप लगाउन योग्य पाँच लाख ३० हजार जनामध्ये एक हप्तामा चार लाख ८० हजार नागरिकलाई भुटानले कोरोनािविरुद्धको खोप लगाएको छ । उनीहरू सबैलाई दोस्रो मात्रा खोप दिइएको हो ।

भुटानको जनसङ्ख्या करिब आठ लाख छ । भुटानले खोप लगाउने अभियान अन्तर्गत दुर्गम भेगमा हेलिकोप्टरमार्फत खोप आपूर्ति गरेको थियो ।

संयुक्त राष्ट्र सङ्घीय बाल कोष युनिसेफले भुटानमा तीव्र गतिमा सञ्चालन गरिएको खोप कार्यक्रमलाई सफलताको कथा आशाको किरण भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077