Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

    बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

    अनलाइन नेपाल
  • बिहिबार, १४ साउन २०७८
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बिहीबार बिहान सत्ता साझेदार दलहरुको बैठक बस्दैछ। बैठक बिहान साढे ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।

    बैठकमा मन्त्रिपरिषद विस्तारका साथै सरकारका कामकारबाहीका विषयमा छलफल हुने बताइएको छ। सत्ता गठबन्धनको बैठक बुधबार पनि बसेको थियो। सो बैठकले छिटो मन्त्रिपरिषद विस्तार गर्न मन्त्रीहरु टुंगो लगाउने जिम्मा शीर्ष नेताहरुलाई दिएको थियो।



    गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले अझैसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्। हाल सरकारमा कांग्रेस र माओवादी केन्द्रका दुई–दुई जना मन्त्री र एक जना राज्यमन्त्री मात्र छन्। अब जसपालाई पनि समेटर मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ।



    बुधबारको बैठकमा राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधव नेपाल पक्षले भने सरकारमा सहभागी नहुने बताएका थिए।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार