Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

काठमाडौं महानगरमा आजबाट भेरोसेल खोप लगाइँदै, कुन वडाको खोप केन्द्र कहाँ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका सबै वडामा बिहीबारबाट पुनः कोराना भाइरस (कोभडि–१९)विरुद्धको भेरोसेल खोप लगाइँदैछ।

यसअघि खोपको पहिलो मात्रा छुटेका ५० वर्षमाथिका सबै उमेर समूहका लागि आज बिहीबारदेखि खोप लगाइने काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ। महानगरपालिकाका ३२ वटा वडामै बिहान १० बजेदेखि पाँच बजेसम्म खोप लगाइने छ।

खोप लगाउनेहरुले नागरिकताको प्रमाणपत्र, पासपोर्ट, सवारी चालक अनुमति पत्रमध्ये कुनै प्रमाणपत्र लिए जानुपर्ने छ। यी प्रमाणपत्रहरु पनि नभएका सम्बन्धित वडाको सिफारिश लिएर खोप केन्द्रमा जानुपर्ने महानगरपालिकाले जानकारी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077